सुनको भाउ एकैदिन २ हजार ९०० रुपैयाँले बढ्यो

सुनको भाउ एकैदिन २ हजार ९०० रुपैयाँले बढ्यो

काठमाण्डौ – कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन तोलाको २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । अस्ति बुधवार पनि ८०० रुपैयाँले बढेर सुन २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भयो ।

त्यसअघि सोमबार र  मंगलबार सुनको भाउ २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतवार सुनको भाउ तोलाको २ लाख ९१ हजार ९०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदी १५ रुपैयाँले बढेर तोलाको ४ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ३९० रुपैयाँ थियो ।  

खबरपाटी
खबरपाटी