घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

कास्की - पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–६, फलामखानीका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका–७ का ३९ वर्षीय राजु कुमाल रहेका छन्।

माटोको ढिस्कोमा पुरिएका उनीहरूलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले स्काभेटरको सहयोगमा उद्धार गरेका थिए।

अचेत अवस्थामा उद्धार गरिएका दुवै जनालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । तर, चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

खबरपाटी
खबरपाटी