पोखरामा स्कूल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

पोखरामा स्कूल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं – पोखरामा स्कूल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

पोखरा–२८ माझठानाबाट कालिका बोर्डिङ स्कूलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र १८ जना घाइते भएको गण्डकी प्रदेश प्रहरी प्रमुख दीपेन्द्र घर्तीले जानकारी दिए।

उनले भने–‘तीन जनाको मृत्यु भएको खबर प्राप्त भएको छ। अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।’

कालिकास्थित ओख्लेको भीरबाट बस पल्टिएर २०० मिटर तल पुगेको थियो। घाइते मध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको गण्डकी मेडिकल कलेजमा भइरहेको छ। गण्डकी अस्पतालमा उपचारका लागि ल्याइएका तीन जनाको मृत्यु भएको छ।

खबरपाटी
खबरपाटी