कम्युनिस्ट आन्दोलनले इतिहासकै गम्भीर धक्का व्यहोर्‍यो : विष्णु पौडेल

कम्युनिस्ट आन्दोलनले इतिहासकै गम्भीर धक्का व्यहोर्‍यो : विष्णु पौडेल

काठमाडौं – नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै सबैभन्दा गम्भीर धक्का र पराजय व्यहोरेको स्वीकार गरेका छन्। 

पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचनको परिणामलाई केन्द्रित गर्दै उनले आन्दोलनले ठूलो क्षति भोगेको बताएका हुन्। उपाध्यक्ष पौडेलले वि.सं. २००६ सालदेखि हालसम्मको इतिहासलाई मूल्याङ्कन गर्दा अहिलेको अवस्था सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गरे।

उनले भदौ २३ र २४ गतेका घटनाक्रमदेखि फागुन २१ को निर्वाचनसम्म आइपुग्दा पार्टीले ठूलो धक्का बेहोर्नुपरेको टिप्पणी गरे। उपाध्यक्ष पौडेलले वर्तमान परिस्थितिलाई एउटा शिक्षाको रूपमा लिँदै पार्टी पुनः सङ्गठित भएर अगाडि बढ्ने दृढता व्यक्त गरे। आगामी कार्यदिशाबारे प्रष्ट पार्दै उनले अबको बाटो जनता, कार्यकर्ता र राष्ट्रिय हिततर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए। 

जनताको विश्वास जितेर र आन्तरिक कमजोरीहरू सुधार्दै कम्युनिस्ट आन्दोलनलाई पुनः उचाईमा पुर्‍याउने उनको प्रतिवद्धता छ।

खबरपाटी
खबरपाटी