आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले स्वच्छ खानेपानी पिउन पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकार हनन गरिरहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको सामेवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले सरकारले खानेपानीमाथि व्यवसाय गरिरहेको आरोप पनि लगाए।
उनले मुहानबाट पानी उपलब्ध हुन नसक्ने स्थानमा लिफ्टमार्फत पानी तानेर नागरिकले उपभोग गर्दै आएकोमा विद्युत सेवामा नयाँ भ्याट व्यवस्था लागू गर्दा त्यसको प्रत्यक्ष प्रभाव नागरिकमा परिरहेको बताए।
लिफ्टमार्फत तानिएको पानीमा समेत कर लगाइनु नागरिकको आधारभूत अधिकारविपरीत भएको उनको तर्क छ।
प्रमुख सचेकत दुलालले लिफ्टबाट तानिएको खानेपानी पनि नागरिकले निःशुल्क रूपमा उपभोग गर्न पाउनुपर्ने पाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए।