झन्झटरहित सेवा, पारदर्शिता र जवाफदेहितामै राज्यको सफलता : राष्ट्रपति पौडेल

झन्झटरहित सेवा, पारदर्शिता र जवाफदेहितामै राज्यको सफलता : राष्ट्रपति पौडेल

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणका लागि राज्य, पेशागत संस्था, सार्वजनिक निकाय र समाजबीचको घनिष्ठ सहकार्य आवश्यक रहेको बताएका छन्।

सोमवार काठमाडौँमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबैको साझा प्रयासबाट मात्र न्यायपूर्ण, सक्षम र समृद्ध नेपाल निर्माण सम्भव हुने उल्लेख गरे।

राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै नागरिकको अपेक्षाअनुरूप देश विकास गर्नु सबैको साझा कर्तव्य भएको बताए।

वर्तमान समयमा निराशा र आवेगभन्दा पनि आशा, भरोसा र विश्वासका साथ आर्थिक समृद्धिको गुरुत्तर दायित्व पूरा गर्नतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।

जनताले झन्झटरहित रूपमा पाउने छिटोछरितो सेवा, निर्णय प्रक्रियाको पारदर्शिता, संस्थागत जवाफदेहिता, न्यायपूर्ण व्यवहार र विधिको शासन नै राज्यको वास्तविक सफलताको कडी भएको स्पष्ट पारे।
 

खबरपाटी
खबरपाटी