खबरपाटी विशेष । भदौ १२ गते बिहान रसुवाको लाङटाङ क्षेत्रबाट सुरु भई त्रिशूली र भोटेकोशी नदी हुँदै रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी र चितवनसम्म पुगेको विनाशकारी बाढी तथा पहिरोले मुलुकभर गहिरो शोक र त्रास ल्याएको छ। घटनाको तेस्रो दिन सार्वजनिक भएको सरकारी तथ्याङ्कले क्षतिको वास्तविक आकार अझै फराकिलो हुँदै गएको देखाउँछ, जबकि हजारौं परिवार आफन्तको खोजीमा छटपटिइरहेका छन्।
राष्ट्रिय विपद् प्राधिकरणले सार्वजनिक गरेको "रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहत अपडेट(२०८३)अनुसार मुलुकभर हालसम्मको अवस्था यस्तो छ :
मानवीय क्षति — ७५२
शव फेला परेको स्थान अनुसार स् रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ४५, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा सबैभन्दा बढी २४९ (विभिन्न मानव अङ्ग सहित) शव भेटिएका छन्। चितवनमा उच्च संख्या भेटिनुले बाढीले शव समेत सयौं किलोमिटरसम्म बगाएको पुष्टि गर्छ।
सम्पर्कविहीन — २,५०२ जना
यसमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १२, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ कर्मचारी समावेश छन्। जिल्ला विपद् व्यवस्थापन समिति (म्भ्इऋ) मार्फत प्राप्त तथ्याङ्कअनुसार रसुवाबाट मात्रै ५६२ र नुवाकोटबाट ११४ जना सम्पर्कविहीन छन् भने मकवानपुरबाट थप ६४ जना। जलविद्युत आयोजनाहरूमा कार्यरत ९३३ जना कामदार सम्पर्कविहीन रहेका छन्, जुन सबैभन्दा ठूलो संख्या हो। यसबाहेक विदेशी नागरिक १९२, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली नागरिक १२७, लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ र क्वारेन्टाइन कार्यालयबाट थप ३ जना सम्पर्कविहीन सूचीमा छन्।
घाइते — २३१ जना
घाइतेहरूलाई उपचार तथा डिस्चार्जको विवरण प्राधिकरणको फेसबुक पेजमार्फत सार्वजनिक गरिँदै आएको छ। प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ।
सुरक्षाकर्मी परिचालन — १९,५८५ जना
नेपाल प्रहरीका ६,६९३, नेपाली सेनाका ८,४९९ र सशस्त्र प्रहरी बलका ४,८०३ जना गरी झन्डै २० हजार सुरक्षाकर्मी उद्धार र राहत कार्यमा खटिएका छन्।
उद्धार — ८,६३० जना
नेपाली सेनाले २,९७४, नेपाल प्रहरीले २,६९९ र सशस्त्र प्रहरी बलले ३,०५७ जनालाई सुरक्षित स्थानमा पुर्याएको छ। जलविद्युत आयोजनास्थलहरूबाट मात्रै भदौ १२ र १३ गते गरी २१६ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ। सेनाको हवाई उद्धारमार्फत हालसम्म विदेशी नागरिक १३६ र नेपाली नागरिक २,५४४ गरी ३६३ पटक उडान भएको छ, जसमध्ये आज मात्रै ४१ उडान सञ्चालन भएको छ।
राहत सामग्री
हालसम्म ३० ट्रक र १३ ठेलामार्फत प्रभावित क्षेत्रमा खाद्य तथा गैरखाद्य सामग्री पुर्याइएको छ भने हेलिकप्टरबाट ८ पटक उडान गरी थप सामग्री ढुवानी गरिएको छ। प्रभावित क्षेत्रमा सञ्चार सेटहरू समेत पठाइएका छन्।
नगद राहत
सरकारले रसुवा र नुवाकोटलाई १(१ करोड, धादिङलाई ५० लाख र थप १५ स्थानीय तहलाई जम्मा ६ करोड ७५ लाख रुपैयाँ राहत स्वरूप उपलब्ध गराएको छ।
इन्धन व्यवस्थापन
राहत तथा उद्धार अभियानका लागि हाल डिजल ३६ हजार लिटर, पेट्रोल २५ हजार लिटर र हवाई इन्धन १० हजार लिटर मौज्दात रहेको छ, जबकि हवाई इन्धन खपत मात्रै २९ हजार लिटर पुगिसकेको छ, जसले उद्धार अभियानको तीव्रता संकेत गर्छ।
शव व्यवस्थापन
पहिचान हुन नसकेका शवहरू विभिन्न जिल्लामा अस्थायी रूपमा राखिएका छन्। पहिचान नखुलेका शवको विवरणका लागि नेपाल प्रहरीको disaster.nepalpolice.gov.np/udb पोर्टल र प्राधिकरणको फेसबुक पेज (facebook.com/NDRRMA) प्रयोग गर्न आग्रह गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको नजरमा रसुवा त्रासदी
घटना विश्वभरका प्रमुख सञ्चारमाध्यमको ध्यानाकर्षणको केन्द्रविन्दु बनेको छ। सीएनएनका अनुसार बाढीको लहर सुरुवाती २२ किलोमिटर औसत १९३ किलोमिटर प्रतिघण्टाको गतिमा बग्यो, जुन झन्डै ७ मिनेटमै १४ माइल दूरी पार गर्न पुग्ने गति हो, यसैले स्थानीयवासीलाई भाग्ने समय नै नमिलेको विश्लेषकहरूको भनाइ छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई ूजुनसुकै सहयोगू गर्न तयार रहेको बताएका छन् भने ७०० भन्दा बढी विदेशी नागरिक तिनताल सम्पर्कविहीन रहेको सीएनएनले जनाएको छ।
अलजजिराका अनुसार त्रिशूली नदीको जलस्तर ३० मिनेटमै ९ मिटरसम्म बढेको थियो, र रसुवाको तिमुरे तथा स्याफ्रुबेसी सबैभन्दा बढी प्रभावित बस्ती रहे। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (USGC) ले लाङटाङ राष्ट्रिय निकुञ्जमा हिमनदी क्षेत्रमा भएको भिरालो चट्टानरहिउँ स्खलनका कारण यो पहिरो तथा बाढी सुरु भएको जनाएको छ। युनिसेफले बाँचेका बालबालिकालाई रोग, कुपोषण, हिंसा र शोषणको उच्च जोखिम रहेको भन्दै पोषण तथा स्वच्छता सामग्री वितरण थालेको जनाएको छ।
चिनियाँ सञ्चारमाध्यमको विश्लेषण : सीमापारिको क्षति र विवाद
बाढीको स्रोत चीनतर्फको सीमा क्षेत्रबाट सुरु भएकाले चिनियाँ पक्षको क्षति र प्रतिक्रिया पनि उत्तिकै महत्त्वपूर्ण छ।
चिनियाँ सरकारी सञ्चारमाध्यम CCTV ले सुरुमा मृतकको संख्या तुलनात्मक रूपमा न्यून (केही दर्जनदेखि हालसम्म ३ जना मृत्यु र सयौं सम्पर्कविहीन) रहेको बताउँदै आएको छ, र तिब्बतको जिगुङ (ग्यिरोङ) नाकाबाट प्रभावित भएकाहरूमा धेरै विदेशी नागरिक रहेको उल्लेख गरेको छ। रुसी संवाद समिति स्पुतनिकले CCTV लाई उद्धृत गर्दै जिगुङ नाकाबाट भोटेकोशी नदीमा प्रवेश गरेको बाढीले रसुवाको बस्तीहरूमा गम्भीर क्षति पुर्याएको जनाएको थियो।
यता ताइवान तथा विदेशस्थित चिनियाँ भाषाका केही स्वतन्त्र सञ्चारमाध्यम (एनटीडी, दाजियुआनरएपोक टाइम्स आदि) ले भने ग्यिरोङ नाका पूर्णतः पुरिएको र आधिकारिक तथ्याङ्कभन्दा वास्तविक क्षति धेरै बढी हुनसक्ने आशंका व्यक्त गरेका छन्, साथै चिनियाँ अधिकारीले सूचना नियन्त्रण गरेको आरोप पनि लगाएका छन्। यी दाबीहरू अझै स्वतन्त्र रूपमा प्रमाणित हुन बाँकी रहेकाले खबरपाटीले यसलाई सतर्कतापूर्वक मात्र उल्लेख गर्दछ। महत्त्वपूर्ण के हो भने, यी सञ्चारमाध्यमहरूले नै माथिल्लो तटीय क्षेत्रमा हिमताल फुट्ने (ग्लेसियल लेक आउटबर्स्ट) जोखिम रहेको र आगामी तीन दिनमा हालको बाँधे तालमा थप झन्डै ३० लाख घनमिटर पानी थपिने आँकलन रहेको जनाएका छन्, जसले भाटी क्षेत्रमा थप जोखिम बढाउने अन्तर्राष्ट्रिय पहाडी विकास केन्द्र (ICIMOD) को चेतावनी पनि उद्धृत गरिएको छ।
उल्लेखनीय के छ भने, यही उपत्यकामा गत वर्ष (२०२५) साउनमा पनि यस्तै प्रकृतिको बाढीले सिनो(नेपाल मैत्री पुल र जलविद्युत संरचना बगाई जनधनको क्षति पुर्याएको थियो अर्थात् एउटै नदी उपत्यकामा १४ महिनाभित्र दोस्रो पटक गम्भीर बाढी विपद् आइपरेको हो।
कारणहरू : के थियो यो विनाशको मूल स्रोतरु
विज्ञहरूका अनुसार यसपटकको विपद्को प्रमुख कारण भनेको लाङटाङ लिरुङ हिमशृङ्खला नजिक भएको हिमनदीरचट्टान स्खलन हो, जसले भूकम्पीय यन्त्रले समेत पत्ता लगाएको ५.२ म्याग्निच्युडसमानको कम्पन उत्पन्न गरेको थियो। ग्क्न्क् ले सुरुमा यसलाई ४.४ म्याग्निच्युडको भूकम्पका रूपमा दर्ता गरे पनि पछि थप विश्लेषणपछि यो टेक्टोनिक भूकम्प नभई हिमनदी वा चट्टान स्खलनबाट उत्पन्न कम्पन रहेको स्पष्ट पारेको छ। स्खलित सामग्री (हिउँ, बरफ, चट्टान र माटो) एकाकार भई अत्यन्त उच्च गतिको मलबे प्रवाह (डेब्रिज फ्लो) बनी भाटीतर्फ बग्यो, जसले भोटेकोशी हुँदै त्रिशूली नदीको बहाव क्षेत्रलाई ध्वस्त पार्यो।
केही वैज्ञानिकहरूले यसलाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनसँग नजोडे पनि, अन्य विज्ञहरूले हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण हिमनदी अस्थिर बन्दै गएको र यस्ता घटनाको सम्भावना बढ्दै गएको तर्क गरेका छन्। यस घटनालाई सन् १९४१ मा पेरुमा भएको हिमताल विष्फोटन विपद् ९जसमा करिब ५,००० जनाको मृत्यु भएको थियो० सँग तुलना गरिँदैछ। साथै, गत वर्षकै जस्तै घटना दोहोरिनुले हिमाली क्षेत्रका ग्लेसियल तथा सुप्रा(ग्लेसियल तालहरूको दिगो अनुगमन र प्रारम्भिक चेतावनी प्रणालीको खाँचोलाई पुनः उजागर गरेको छ।
खबरपाटीको तर्फबाट सर्वसाधारणमा सन्देश
प्रिय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,
रसुवादेखि चितवनसम्म फैलिएको यो प्राकृतिक विपद्ले हामी सबैलाई गहिरो पीडा र आत्मसमीक्षामा धकेलेको छ। ७५२ जना नेपालीले ज्यान गुमाइसकेका छन्, २,५०२ जना अझै आफन्तको प्रतीक्षामा बेपत्ता छन्। यो संख्या मात्र होइन यो हाम्रै छिमेकी, साथी, ज्ञातिको कथा हो।
यस घडीमा खबरपाटी सम्पूर्ण पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै निम्न आग्रह गर्दछ ।
नदी किनारमा बसोबास गर्नेहरू हाल पनि उच्च सतर्कतामा रहनुहोस्स माथिल्लो तटीय क्षेत्रमा हिमताल फुट्ने जोखिम कायमै रहेकाले अधिकारीको सूचना र चेतावनीलाई गम्भीरतापूर्वक लिनुहोस्।
उद्धार तथा सुरक्षा निकायलाई पूर्ण सहयोग गर्नुहोस् गलत वा असत्यापित सूचना (फेक न्युज) प्रसार नगर्नुहोस्, यसले उद्धार कार्यमा अवरोध र आतंक मात्र थप्छ।
बेपत्ता व्यक्तिको खोजीमा रहनुभएकाहरू नेपाल प्रहरीको आधिकारिक पोर्टल र राष्ट्रिय विपद् प्राधिकरणको फेसबुक पेजबाट अद्यावधिक जानकारी लिनुहोस्।
सक्षम नागरिकहरूलाई आधिकारिक च्यानलमार्फत राहत सामग्री तथा आर्थिक सहयोग पुर्याउन आग्रह छ।
यो विपद्ले हामीलाई सिकाएको पाठ स्पष्ट छ हिमाली जलवायु परिवर्तनको असर अब परिकल्पना मात्र होइन, हाम्रो दैलोमै आइपुगेको यथार्थ हो। खबरपाटी भविष्यमा हुनसक्ने यस्ता विपद् न्यूनीकरणका लागि दिगो पूर्व-चेतावनी प्रणाली र वातावरणीय नीतिको तत्काल आवश्यकतामा जोड दिँदै, सबै पीडित परिवारलाई धैर्य र शक्ति प्रदान गरोस् भन्ने कामना गर्दछ।