काठमाडौं–मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध

काठमाडौं–मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध

काठमाडौं - बाढीका कारण काठमाडौं–मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढ्दा सडक अवरुद्ध भएको हो।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको छ र सडक केही भासिएको छ। आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्णरुपमा बन्द भएको हो। सडक बन्द भएपछि यात्रु अलपत्र परेका छन्।

खबरपाटी
खबरपाटी