त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारको तयारी तीव्र

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारको तयारी तीव्र

काठमाडौं - त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल आउटलेट टनेलबाट सुरुङभित्र प्रवेश गरी उद्धार कार्य अघि बढाउने प्रयास भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका विज्ञ प्राविधिकसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी तथा उद्धारकर्मीको टोली घटनास्थलमा खटिएको छ। सुरुङभित्र सुरक्षित रूपमा प्रवेश गर्न अवरोध बनेको संरचना हटाउने काम भइरहेको छ।

उद्धार टोलीले सुरुङको क्राउन अर्थात् माथिल्लो भाग पहिचान गरेको छ। उक्त भागलाई एक्साभेटर प्रयोग गरेर फुटाई सुरुङभित्र प्रवेश गर्ने बाटो खुलाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ।

अवरोध हटाएर सुरुङभित्र सुरक्षित प्रवेशको अवस्था तयार भएपछि उद्धारकर्तालाई भित्र पठाई उद्धार कार्य अघि बढाउने तयारी भइरहेको उद्धार टोलीले जनाएको छ।

खबरपाटी
खबरपाटी