काठमाडौं - जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका शान्तनु ढकालको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा पुनर्स्थापनाबारेजानकारीलिन महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र स्वास्थ्यतथा खाद्य स्वच्छतामन्त्री निशा मेहता त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको छ।
महाराजगञ्जस्थित अस्पतालमा उपचाररत ढकाललाई भेटेर दुवै मन्त्रीले उहाँको स्वास्थ्य अवस्था, हालसम्मको उपचार प्रगति तथाआगामीउपचारका आवश्यकताबारे जानकारी लिनुभएको हो। सो क्रममा उहाँहरूले शान्तनुका बुबासँग समेत भेट गरी उपचारकाक्रममा परिवारलेभोग्नुपरेका आर्थिक, सामाजिक तथा अन्य कठिनाइबारे जानकारी लिनुभएको थियो।
भेटका क्रममा मन्त्री सिता बादीले शान्तनुको उपचारसँगै उनको आगामी जीवन र परिवारको भविष्यलाई पनि राज्यले जिम्मेवारीकारूपमालिनुपर्ने बताउनुभयो। उपचारपछिको पुनर्स्थापना, परिवारको रोजगारी, शिक्षाको निरन्तरता तथा आधारभूत आवश्यकताकाविषयमामन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शान्तनुको उपचारका क्रममा आवश्यक पर्न सक्ने थप शल्यक्रिया, स्वास्थ्यपरीक्षणतथा अन्य उपचारका लागि स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने बताउनुभयो। उपचार प्रक्रियालाई सहज र प्रभावकारी बनाउनसम्बन्धितस्वास्थ्य संस्था तथा चिकित्सकसँग समन्वय गरिने उहाँको भनाइ थियो।
दुवै मन्त्रीले शान्तनुको अवस्थालाई उपचारमा मात्र सीमित नराखी स्वास्थ्योपचारपछि सम्मानजनक जीवनयापन, सामाजिकपुनर्स्थापना,शिक्षाको निरन्तरता र आर्थिक आत्मनिर्भरतासँग जोडेर सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ।
सरकारले शान्तनु र उनको परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै उपचारपछिको जीवनलाईसहजबनाउन समेत चासो देखाएको छ।राज्यको दायित्व नागरिकको जीवन रक्षा र उपचारमा मात्र सीमित नरही कठिन परिस्थितिबाट गुज्रिएका व्यक्ति तथा परिवारलाई पुनः सामान्य जीवनमा फर्कने आधार तयार गर्नु पनि भएको उल्लेख गर्दै उहाँहरूले यसका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्य अघि बढाउने बताउनुभयो।