आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – अहिले बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा तीव्र हावाहुरी चलिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रमा आज बिहानदेखि तीव्र गतिमा हावा चलिरहेको हो । यो क्रम केही समयसम्म निरन्तर रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
गोरखा, म्याग्दीलगायतका जिल्लामा बिहानैदेखि हावाहुरी चलेको हो । आज बिहान केही ठाउँमा हावाहुरीसँगै हुस्सु र कुहिरो लागे पनि दिउँसो मौसम सफा रहने महाशाखाले जनाएको छ ।