बर्दियामा चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु

बर्दियामा चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु

काठमाण्डौ – बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया बालिकाको ज्यान गएको छ । राजापुर नगरपालिका–१० मझराकी कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट घटनास्थलमै ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार हिजो बेलुकी आँगनमा खेलिरहेका बेला चितुवाले बालिकामाथि आक्रमण गरेर उनलाई लगेको थियो ।
बेपत्ता भएकी किशोरीलाई अभिभावकले खोजी गर्ने क्रममा घरदेखि झन्डै ३०० मिटर पश्चिम–दक्षिणतर्फ सिमलको झ्याङमा शव फेला परेको हो ।
बर्दियाको राजापुर क्षेत्रमा चालू आर्थिक वर्षमा चितुवाको आक्रमणबाट ज्यान गएको यो दोस्रो घटना हो । यसअघि गएको असोज २२ गते चितुवाको आक्रमणबाट राजापुर नगरपालिका–३ तिघ्राका ४२ वर्षीय मङ्गल थारुको ज्यान गएको थियो ।

खबरपाटी
खबरपाटी