काठमाडौँ - कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले हिमाली क्षेत्रका जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ (फङ्गी)कोसंरक्षण, दिगो उपयोग तथा व्यापार व्यवस्थापनका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
काठमाडौँमा आयोजित ‘जङ्गली हिमाली औषधीय तथा सुगन्धित वनस्पति र च्याउसम्बन्धी क्षेत्रीय सहकार्य’ विषयक कार्यक्रममाबोल्दैमन्त्री चौधरीले हिमाली जैविक विविधताको संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक समृद्धिका लागि छिमेकीमुलुकतथा अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले हिमालय पहाडको शृङ्खला मात्र नभई जीवन, पहिचान र समृद्धिको साझा स्रोत भएको उल्लेख गर्दै हिमाली वन तथा प्राकृतिकभूदृश्यलेनदी प्रणालीलाई जीवन्त राख्न, जैविक विविधताको संरक्षण गर्न र लाखौँ मानिसको जीविकोपार्जनमा महत्त्वपूर्ण योगदानपुर्याइरहेकोबताउनुभयो ।
जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ हिमाली समुदायका लागि आयआर्जन, मर्यादा र आशाका स्रोत भएको उल्लेखगर्दैउहाँले यस्ता प्राकृतिक सम्पदाको दिगो उपयोगमार्फत हरित तथा न्यायपूर्ण अर्थतन्त्र निर्माण गर्न सकिने धारणा राख्नुभयो ।
मन्त्री चौधरीले हिमाली क्षेत्रको संरक्षण र दिगो उपयोगका लागि भावी पुस्ताका निम्ति प्राकृतिक सम्पदाको संरक्षण, महिला, युवा,आदिवासीजनजाति तथा स्थानीय समुदायका लागि न्यायोचित आर्थिक अवसरको सुनिश्चितता र पारदर्शी तथा कानुनसम्मतक्षेत्रीय अर्थतन्त्रनिर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
प्राकृतिक स्रोतको मूल्य अभिवृद्धि स्रोत रहेकै क्षेत्रमा गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसबाट प्राप्त लाभको न्यायोचित वितरण सुनिश्चितगर्नुपर्नेबताउनुभयो । संरक्षणका कार्यक्रमलाई स्थानीय समुदायको आर्थिक समृद्धिसँग जोड्न सके मात्र त्यसको प्रभावकारी कार्यान्वयनसम्भवहुने उहाँको भनाइ थियो ।
उहाँले हिमाली जैविक विविधताको संरक्षण वातावरणीय विषयमा मात्र सीमित नरहेको उल्लेख गर्दै यसलाई क्षेत्रीय ऐक्यबद्धता,जलवायुउत्थानशीलता, समावेशी विकास र आपसी विश्वाससँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो ।
हिमाली मुलुकहरूले जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीको क्षय र अव्यवस्थित व्यापारजस्ता चुनौती एक्लै समाधान गर्ननसक्नेभएकाले क्षेत्रीय सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
क्षेत्रीय सहकार्य अघि बढाउँदा सम्बन्धित मुलुकको राष्ट्रिय सार्वभौमसत्ता, घरेलु कानुन र राष्ट्रिय प्राथमिकताको सम्मान गर्नुपर्नेमाजोडदिँदै मन्त्री चौधरीले हिमाली प्राकृतिक सम्पदाको संरक्षण र दिगो उपयोगका लागि साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।