काठमाडौं - बाह्रखरी मिडियाले आयोजना गरेको ‘डिगो १२ खरी कथा प्रतियोगिता, २०८३’ को प्रथम पुरस्कार कथाकार चेतनाथआचार्यले प्राप्तगरेका छन्। उनको ‘भोटेकोशीको सुसाहट’ शीर्षकको कथाले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै नगद दुईलाख रुपैयाँ पुरस्कार जितेको हो।
प्रतियोगितामा ‘सपनाको अर्को रङ्ग’ कथाका कथाकार मधुर भट्टराई द्वितीय भएका छन्। उनले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्तगरेकाछन्। त्यसैगरी, ‘अस्तित्वको अल्गोरिदम’ कथाकी कथाकार सरस्वती सरस तृतीय हुँदै ६० हजार रुपैयाँ पुरस्कार जितेकी छन्।
आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा प्रतियोगिताका विजेताहरूको घोषणा गरिएको हो। कार्यक्रममा प्रतिनिधिसभाकासभामुखडोलप्रसाद अर्यालले विजेता कथाकारहरूलाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए।
सोही अवसरमा प्रतियोगिताका लागि नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त एक हजार २२९ कथामध्ये छनोट गरिएका उत्कृष्ट२५कथाको सङ्ग्रह ‘बाह्रखरी उत्कृष्ट कथा, २०८३’ समेत सार्वजनिक गरिएको छ। सभामुख अर्यालले उक्त कृतिको लोकार्पण गरेका थिए।
प्रतियोगितामा उत्कृष्ट २५ कथाकारमध्ये पुरस्कार प्राप्त गरेका तीन जनाबाहेक अन्य २२ कथाकारलाई जनही सात हजार रुपैयाँनगदसहितसम्मान गरिएको आयोजकले जनाएको छ।
उत्कृष्ट २५ कथाकारमा अनिता कोइराला, अपेक्षा कार्की, आशिष श्रेष्ठ, कान्ति न्यौपाने, कुशल गौतम, गरिमा आचार्य, चेतनाथआचार्य, च्यवनशर्मा, दीपेन्द्र विष्ट, निर्मल ढुंगाना, प्रकाश राई, प्रवीण याम्फु, बद्री अधिकारी, मधुर भट्टराई, ममता राई, मसानउपासक, युवराज भट्टराई, रजनीढुंगाना, राकेशकुमार वर्णवाल, राजेन्द्र तारकिणी, श्रेयज सुवेदी, सपना अधिकारी, सरस्वती सरस,सुधन सुवेदी र डा. सुरेन्द्र गैरे रहेका छन्।बाह्रखरी मिडियाले नेपाली कथा साहित्यको विकास, कथा लेखनको प्रवर्द्धन तथा नयाँ र स्थापित कथाकारलाई प्रोत्साहन गर्ने उद्देश्यलेविगतआठ वर्षदेखि निरन्तर कथा प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिताले नेपाली साहित्य सिर्जना र कथाकारकोपहिचान स्थापित गर्नमहत्वपूर्ण मञ्च प्रदान गर्दै आएको छ।