काठमाडौं - मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आज बिहान यादवलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। जनता समाजवादी पार्टी(जसपा)नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादव दोस्रो पटक प्रदेशको मुख्यमन्त्री बन्नुभएको हो।
संविधानको धारा १६८ को उपधारा (३) अनुसार हिजो मुख्यमन्त्रीमा नियुक्त हुनुभएका यादवले अब प्रदेशसभाबाट विश्वासकोमतलिनुपर्नेछ। संवैधानिक व्यवस्थाअनुसार उहाँले नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
यद्यपि मुख्यमन्त्री यादवले भने सात दिनभित्रै प्रदेशसभाबाट विश्वासको मत लिने बताउनुभएको छ।
दोस्रो पटक मधेश प्रदेश सरकारको नेतृत्व सम्हाल्नुभएका यादवको आगामी राजनीतिक कार्यदिशा र प्रदेशसभाबाट विश्वासकोमतप्राप्त गर्ने विषयलाई चासोका साथ हेरिएको छ।