रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही मंसिर ८ गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शुक्रबार (मंसिर ४) सूचना जारी गर्दै बैठकबारे जानकारी गराएका हुन् ।
बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमै बस्नेछ । बैठक दिउँसो १ बजे सुरु हुने सूचनामा उल्लेख छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थित हुन भनिएको छ । बैठकका एजेन्डा सूचनामा उल्लेख छैन ।