आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक मध्यान्ह १२ बजे बस्नेछ।
बैठकमा मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ उपर सम्बन्धित सरोकारवालासँग छलफल हुनेछ। त्यस्तै बिहान ११ बजे बस्ने भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा भोटेकोशी एवं कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्का सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालयका पदाधिकारीहरूसँग छलफल हुनेछ।