काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) मा आज ‘रेस्ट डे’ रहेको छ। आज प्रतियोगिताको कुनैपनि खेल हुने छैन।
राजधानीमा जारी प्रतियोगितामा हाल साविक विजेजा लुम्बिनी लायन्स शीर्ष स्थानमा रहेको छ। लुम्बनीले ३ खेलमा पाँच अंक जोडेको छ। दुई खेल खेलेको लुम्बनीले शतप्रतिशत जित निकालेको छ। एक खेल वर्षाले रद्द हुँदा चितवन राइनोजसँग अंक बाँडेको थियो।
गएराति भएको खेलमा लुम्बनीले पोखरा राइनोजलाई ८ विकेटले हराएको थियो। अंक तालिकामा विराटनगर किङ्स ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ।
समान अंक भएका कर्णाली जनकपुर र सुदूरपश्चिम तालिकामा क्रमश तेस्रो चौथो र पाँचौं स्थानमा छन्। ३ अंकका साथ चितवन तालिकाको छैठौं स्थानमा छ।
काठमाडौं गोर्खाज २ अंकका साथ सातौं तथा तीन खेल खेलेको पोखराले भने अहिलेसम्म एक खेल पनि जितेको छैन। उ अंक तालिकाको पुछारमा छ।
प्रतियोगिता अन्तरगत भोलि पहिलो खेलमा लुम्बनी लायन्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्स आमनेसामने हुनेछन् ।