आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ – हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२.६५ अङ्कले घटेर २ हजार ६५७.५० विन्दुमा झरेको छ ।
आज सबै समूहको उपसूचक घटेकोमा विकास बैंक, फाइनान्स, निर्जीवन बीमा र अन्य समूहको शेयर डेढ प्रतिशतभन्दा धेरै ओरालो लागेको छ ।
आज २५२ वटा कम्पनीको शेयर घटेकोमा २१ वटाको बढेको छ । ६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज सानिमा लार्ज क्याप फन्डको शेयर ४।८६ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन बेनी हाइड्रोपावरको शेयर साढे १३ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको शुक्रवार ८ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ३४३ वटा कम्पनीको १ करोड ९८ लाख कित्ता शेयर ७ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ ।