जलवायु वित्त परिचालन र कोप–३१ को तयारीबारे दुई मन्त्रीबीच छलफल

जलवायु वित्त परिचालन र कोप–३१ को तयारीबारे दुई मन्त्रीबीच छलफल

काठमाडौं - कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच जलवायु वित्त परिचालन तथा आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) को तयारीलगायत विषयमा भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा हरित जलवायु कोष, अनुकूलन कोष, कार्बन वित्त तथा अन्तर्राष्ट्रिय जलवायु वित्तमा नेपालको पहुँच विस्तार गर्ने विषयमा छलफल भएको हो।

दुवै मन्त्रीबीच जलवायु अनुकूलन तथा हानि र नोक्सानीसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्राथमिकता सशक्त ढंगले प्रस्तुत गर्ने विषयमा समेत विचारविमर्श भएको छ।

त्यसैगरी, जलवायु वित्त परिचालनका लागि सम्बन्धित मन्त्रालयहरूबीच आपसी समन्वय, सहकार्य र स्रोत व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेमा जोड दिइएको छ।

नेपालले जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक अन्तर्राष्ट्रिय स्रोत तथा वित्तीय सहयोग जुटाउने र जलवायु सम्बन्धी राष्ट्रिय प्राथमिकतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यसहित छलफललाई अघि बढाएको जनाइएको छ।

 

 

 

खबरपाटी
खबरपाटी