बिराटनगर किङ्सको ‘अफिसियल स्ट्रेन्थ पार्टनर’ बन्यो प्रिमियर स्टिल

बिराटनगर किङ्सको ‘अफिसियल स्ट्रेन्थ पार्टनर’ बन्यो प्रिमियर स्टिल

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणलाई लक्षित गर्दै प्रिमियर स्टिल (Premier Steel) र विराटनगर किङ्स (Biratnagar Kings) बीच व्यावसायिक साझेदारी सम्झौता भएको छ। सम्झौताअनुसार प्रिमियर स्टिल विराटनगर किङ्सको ‘अफिसियल स्ट्रेन्थ पार्टनर’का रूपमा रहनेछ।

नेपाली क्रिकेटको प्रवर्द्धन तथा खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यले दुई पक्षबीच सहकार्य गरिएको हो। यस साझेदारीले खेलकुद र व्यावसायिक क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूको क्षमता प्रदर्शनका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्दै आएको छ। देशभर क्रिकेटप्रतिको बढ्दो आकर्षणका बीच प्रिमियर स्टिलले विराटनगर किङ्ससँग सहकार्य गर्दै खेलकुद क्षेत्रप्रतिको आफ्नो समर्थनलाई थप विस्तार गरेको हो।

निर्माण सामग्री उत्पादन क्षेत्रमा मजबुती, गुणस्तर र विश्वसनीयतालाई प्राथमिकता दिँदै आएको प्रिमियर स्टिलले यस साझेदारीलाई आफ्नो ब्रान्ड पहिचान विस्तार गर्ने अवसरका रूपमा लिएको छ।

त्यस्तै, विराटनगर किङ्ससँगको सहकार्यले क्रिकेटप्रेमी दर्शक तथा उपभोक्तासँग प्रिमियर स्टिलको सम्बन्ध थप सुदृढ हुने विश्वास गरिएको छ।

यस सम्झौताले दुवै संस्थाको ब्रान्ड पहिचानलाई थप बलियो बनाउनुका साथै नेपाली क्रिकेटको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

‘मजबुतीको पहिचान, विश्वासको आधार’ भन्ने नारासहित प्रिमियर स्टिलले निर्माण क्षेत्रसँगै खेलकुद क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गरेको छ।

खबरपाटी
खबरपाटी