काठमाडौं – देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग साथै देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
देशको हिमाली भू–भागका साथै कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा÷हिमपातको सम्भावना छ। राति, देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने, पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ तथा तराई भू–भागमा बिहानपख केही स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ। कोसी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।