सांसद सुनारको विवादास्पद अडियो प्रकरणमा सरकारले आवश्यक परेको वेलामा अनुसन्धान गर्ने

सांसद सुनारको विवादास्पद अडियो प्रकरणमा सरकारले आवश्यक परेको वेलामा अनुसन्धान गर्ने

काठमाडौँ – सांसद खगेन्द्र सुनारको विवादास्पद अडियो प्रकरणमा सरकारले आवश्यक परेको वेलामा अनुसन्धान गर्ने सक्ने बताएको छ।

शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा सञ्चारकर्मीको प्रश्नमा सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सुनारको घटनामा विधिसम्मत तरिकाले अनुसन्धान अघि बढ्ने बताएका हुन्।

‘सरकारले कुनै पनि मुद्दालाई दबाउने कुरा हुँदैन।आवश्यक पर्दा अनुसन्धान गरेर विधिसम्मत रूपमा कसरी अगाडि बढाउनुपर्छ। त्यसअनुसार प्रक्रिया अघि बढ्छ’, उनले भने। 

सांसद सुनारको महिला हिंसा गरेको भन्ने अडियो सार्वजनिक भएसँगैरास्वापले छानबिन गरिरहेको छ। सरकार भने यो विषयमा मौन छ।

खबरपाटी
खबरपाटी