आज हिमाली तथा पहाडी थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना

आज हिमाली तथा पहाडी थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ ।

यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । भोलि देशका हिमाली तथा कोशी र गण्डकी प्रदेशका पहाडी थोरै ठाउँमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

यस्तै पहाडी क्षेत्रमा पनि एक/दुई ठाउँमा वर्षा तथा हिमपातको अनुमान छ । महाशाखाले निकालेको तीन दिने बुलेटीन अनुसार पर्सि देशका हिमाली क्षेत्रका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । तराईका केही ठाउँमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ ।

यसवर्षको मनसुन भने हिजोदेखि  पूर्ण रुपमा बाहिरिसकेको छ । मनसुन बाहिरिएपनि पश्चिमी तथा स्थानीय बायुको प्रभाव भने कायमै रहने अनुमान छ । 

खबरपाटी
खबरपाटी