सुनको भाउ आज तोलाको एक हजार एक सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलाको एक हजार एक सय रुपैयाँले घट्यो

काठमाण्डौ  – आज नेपाली बजारमा चाँदीको भाउ उच्च दरमा घटेको छ ।

हिजो तोलाको चार हजार २५५ रुपैयाँमा कारोवार भएको चाँदीको भाउ आज चार हजार ३५ रुपैयाँमा झरेको छ । यो भनेको ५ दशमलव १७ प्रतिशतको गिरावट हो ।

यस्तै सुनको भाउ आज तोलाको एक हजार एक सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको दुई लाख ८९ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

खबरपाटी
खबरपाटी