कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना हुदै

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना हुदै

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना भैरहेको छ ।

पार्टी कार्यालय सानेपामा अहिले उपसभापति र महामन्त्रीको मतगणना भैरहेको छ । मतगणनाको पछिल्लो विवरण अनुसार उपसभापति खुलामा चन्द्र भण्डारीले अग्रता लिनुभएको छ ।

त्यसैगरी उपसभापति समावेशीमा विनोद चौधरी अघि हुनुहुन्छ । महामन्त्री खुलामा प्रदीप पौडेल र अमरसिंह पुन मगर तथा महामन्त्री महिलामा भने डिला संग्रौला पन्तले अग्रता लिनुभएको छ ।

८७५ मत गणना हुँदा उपसभापति (खुला २ पद)
डा. चन्द्रकान्त भण्डारी ४७१
ई. मधु आचार्य २६१
गोविन्द भट्टराई २०६
सुरेन्द्रराज पाण्डे १८५
दीपक गिरी १८४
धनराज गुरुङ १५१
प्रा. डा.चन्द्रमोहन यादव ११३

उपसभापति (समावेशी १ पद)

बिनोदकुमार चौधरी २६३
जीवन परियार २०५
फरमुल्लाह मंसुर १२७
सीता गुरुङ १०७
रञ्जित कर्ण ७५

महामन्त्री (खुला २ पद)

प्रदीप पौडेल ४९३
अमरसिंह पुन मगर ३४२
उदयशमशेर राणा २७०
डा. सुनिलकुमार शर्मा २२८
गुरुराज घिमिरे १३७
नैनसिंह महर ९६
डा. सन्तोष उपाध्याय १६
शंकर तिवारी १५

महामन्त्री (महिला १ पद) 

डा. डिला संग्रौला (पन्त) ३९७
महालक्ष्मी उपाध्याय (डिना) ३५३
रीता खनाल १०३

खबरपाटी
खबरपाटी