मिनेन्द्र रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिने

मिनेन्द्र रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिने

काठमाडौं – नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन्। सभापति गगन थापासँग भएको भेटमा उनले उपसभापति फिर्ता लिने सहमति बनेको हो। 

सभापति थापाले डाक्टर रिजाललाई उपसभापतिको उम्मेदवारी नबन्न आग्रह गरेका थिए। सँगै सभापति थापाले महाधिवेशनपछि उपयुक्त पदमा व्यवस्थापन गर्ने आश्वासन समेत दिएपछि रिजाल उम्मेदवारी फिर्ता गर्न सहमत भएका हुन्। 

डाक्टर रिजालले सभापति थापासँग भएको भेट र उम्मेदवारी फिर्ता प्रसङ्गको कुराकानीको भिडियो समेत आफ्नो फेसबुक पेजमा राखेका छन्। डक्टर रिजालका स्वकीय सचिव जितेन्द्र ठकुरीले सभापति थापाले सार्वजनिक स्थानमा र उनलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेको बताए।

ठकुरीका अनुसार महाधिवेशनपछि उचित पदमा व्यवस्थापन गर्ने आश्वासन सभापति थापाले रिजाललाई दिएका छन्।

खबरपाटी
खबरपाटी