सभापति पदका लागि उम्मेदवारी दिएका किशोरसिंह राठौर पछि हटे

सभापति पदका लागि उम्मेदवारी दिएका किशोरसिंह राठौर पछि हटे

काठमाडौँ - नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिएका किशोरसिंह राठौर पछि हटेका छन्। उनले सभापतिका अर्का प्रत्यासी गगन थापासँगको आग्रहपछि उम्मेदवारी फिर्ता लिएका हुन्। 

केहीबेर अघि नेता राठौरले उम्मेदवारी फिर्ता लिएको जानकरी गराएका हुन्। उनले थापाले पार्टीको वृहत्तर हितका लागि आफूलाई सहयोग गर्न आग्रह गरेपछि पार्टी एकढिक्का होस् भन्ने भावले आफूले पनि आग्रह स्वीकार गरेको उनले बताए। 

पूर्व सहमहामन्त्रीसमेत रहेका राठौर महाधिवेशन केही समय अघि मात्रै पूर्वसभापति देउवा क्याम्पबाट संस्थापको महाधिवेशनमा सभागी हुन आएका थिए भने उनले सभापति लड्ने बताएका थिए। 

खबरपाटी
खबरपाटी