कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदाता नामावली प्रकाशन हुँदै

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदाता नामावली प्रकाशन हुँदै

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदाता नामावली प्रकाशन हुँदै छ । बेलुका ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ । 

५ देखि साढे ६ बजेसम्म मतदाता नामावली प्रकाशनविरुद्ध दावी विरोधको समय तोकिएको छ । दावी विरोधउपर जाँचबुझका लागि साढे ६ देखि साढे ७ बजेसम्मको समय तोकिएको छ । 

मतदाताको अन्तिम नामावली प्रकाशन साढे ८ बजे हुने नेपाली कांग्रेस निर्वाचन समितिले बताएको छ । 

मंगलबार बिहान मनोनयन दर्ताका लागि समय तोकिएको छ । मतदान बिहीबार बिहानदेखि हुनेछ ।

खबरपाटी
खबरपाटी