रास्वपाको केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे बस्दै

काठमाडौं – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौंको वनस्थलीस्थित घन्टीघरमा बैठक बस्न लागेको हो।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने विषयमा छलफल हुनेछ। त्यस्तै, पार्टीका विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन गर्ने कार्यसूची पनि बैठकमा राखिएको छ।

बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने भनिएको ‘हामी आउँदै छौँ’ अभियानका सम्बन्धमा पनि छलफल हुने प्रवक्ता खरेलले जानकारी दिए।

यसैगरी, मधेश प्रदेश संगठनको अडिट रिपोर्टमाथि छलफल गर्ने कार्यसूचीसमेत रहेको छ। बैठकमा यी विषयबाहेक विविध विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ।

खबरपाटी
खबरपाटी