राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने

राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने

काठमाडौं - राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे बैठक बस्न लागेको हो।

बैठकमा पछिल्लो समय देशका विभिन्न स्थानमा विकसित सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय सुरक्षा चुनौती तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ।

राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिव रहने कानुनी व्यवस्था रहेको छ।

बैठकले मुलुकको समग्र शान्ति–सुरक्षा अवस्था, सुरक्षा निकायबीचको समन्वय तथा आवश्यक नीतिगत निर्णयका विषयमा पनि समीक्षा गर्ने अपेक्षा गरिएको छ।

खबरपाटी
खबरपाटी