शुक्रबार दैलेख सदरमुकामबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटनामा परी घाइते भएका ३० जनाको पहिचान खुलेको छ । उक्त दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो ।
घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगर– १४ को रातानाङ्ग्लानजिकै भएको दुर्घटनामा परी मृत्यु भएकाहरूको भने सनाखत हुन बाँकी छ । उक्त गाडीमा ३४ यात्रु सवार थिए । प्रहरीका अनुसार तीव्र गति र ओभर लोडका कारण दुर्घटना भएको जनाइएको छ ।
घाइतेहरूको विवरण
१. नारायण नगरपालिका– ४, दैलेखका २८ वर्षीय चन्द्र मल्ल ।
२. भैरवी गाउँपालिका– ३, दैलेखकी २८ वर्षीया जगतकुमारी विष्ट र उनका दुई वर्षीय छोरा स्माइल आचार्य तथा छोरी ६ वर्षीया स्मारिका आचार्य ।
३. भैरवीगाउँपालिका– ३, दैलखका १२ वर्षीय राजन थापा
४. भैरवीगाउँपालिका– ३, दैलेखका २१ वर्षीय प्रकाश विष्ट
५. दुल्लु नगरपालिका– १२ की २६ वर्षीया चन्द्रा रावत र उनका सात वर्षीय छोरा सन्दीप थापा
६. भैरवी गाउँपालिका– १ की २२ वर्षीया सम्झना भण्डारी र उनका १८ महिने छोरा युनिक विष्ट
७. भैरवी गाउँपालिका–१० की चन्द्रा रावत
८. दुल्लु नगरपालिका– ६ की १९ वर्षीया सुजाता रावत
९. दुल्लु नगरपालिका– ६ की नौकीबिहानी केसी
१०. नाम थर वतन नखुलेकी १५ महिनाकी एक बालिका
११. वीरेन्द्रनगर– ८ की ३४ वर्षीया कृष्णा थापा, उनका चार वर्षीय छोरा राजन थापा र ११ वर्षीया छोरी अविक्षा थापा
१२. भैरवी गाउँपालिका– १ की १८ वर्षीया तुल्सी थापा
१३. भैरवी गाउँपालिका– २ की २३ वर्षीया लालकुमारी विष्ट
१४. भैरवी गाउँपालिका– २ की २२ वर्षीया पुष्पा खड्का
१५. नारायण नगरपालिका– ४ का २५ वर्षीय बालाराम रेग्मी
१६. महाबु गाउँपालिका– ३ का २५ वर्षीय सोवर्ण शाही
१७. भैरवी गाउँपालिका– २ का १७ वर्षीय घनश्याम विष्ट
१८. महाबु गाउँपालिका– ३ का २० वर्षीय प्रकाश बुढा
१९. भैरवी गाउँपालिका– १ की ३१ वर्षीया रमा विष्ट
२०. भैरवी गाउँपालिका– ३ की २० वर्षीया कमला विष्ट
२१. महाबु गाउँपालिका– ३ का १६ वर्षीय हरि रावल
२२. भैरवी गाउँपालिका– १ की २७ वर्षीया सुजाता खत्री
२३. वीरेन्द्रनगर– ३ का २१ वर्षीय सौगात मल्ल
२४. भैरवी गाउँपालिका– ५ का ३० वर्षीय कमल नेपाली ।