नेपालमा विदेशी मुद्राको सञ्चिति बढेर २० खर्ब ९२ अर्ब, यस्को असर शेयरबजारमा कस्तो ?

नेपालमा विदेशी मुद्राको सञ्चिति बढेर २० खर्ब ९२ अर्ब, यस्को असर शेयरबजारमा कस्तो ?

काठमाण्डौ । नेपालमा विदेशी मुद्राको सञ्चिति बढेर २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशी मुद्रा सञ्चिति २ दशमलव ५ प्रतिशतले बढेको छ । असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो ।

अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १५ अर्ब ५८ करोड पुगेको छ । असार मसान्तसम्म १५ अर्ब २७ करोड डलर थियो । यसले १६ महिना ७ दिनको वस्तु आयात र १३ महिना ५ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै चालू आर्थिक वर्षको पहिलो महिनामा कुल आन्तरिक कर्जा शून्य दशमलव ८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनमा कर्जा २ दशमलवले ३ प्रतिशतले घटेको थियो ।

यस्तै साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४३ अर्ब ४५ करोड रुपैयाँ अर्थात् शून्य दशमलव ७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनमा निक्षेप १ खर्ब ३३ अर्ब २४ करोड अर्थात् २ दशमलव ३ प्रतिशतले घटेको थियो । विदेशी मुद्राको सञ्चिति र शेयर बजारको प्रत्यक्ष सम्बन्ध रहेको अर्थतन्त्रका जानकारहरु बताउँछन् । विदेशी मुद्राको सञ्चितिले थुप्रँदै जाँदा शेयर बजारले गति लिएको विभिन्न इतिहासहरु जगजायत नै रहेका छन् । 

खबरपाटी
खबरपाटी