जापानमा चलिरहेको एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको कास्य पदक श्रीलंकाले जित्यो

जापानमा चलिरहेको एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको कास्य पदक श्रीलंकाले जित्यो

जापानमा चलिरहेको एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको कास्य पदक श्रीलंकाले जितेको छ । निशिनमा रहेको करोगी स्पोट्र्स पार्कमा आज बिहान भएको खेलमा बङ्गलादेशलाई ६३ रनले हराउँदै श्रीलंकाले कास्य पदक जितेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो । जितका लागि १६६ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १७ ओभर ३ बलमा १०२ रनमा अलआउट भयो ।

त्यस्तै स्वर्ण पदकका लागि अहिले भारत र पाकिस्तानबीच खेल भइरहेकाे छ। निशिनमा रहेको करोगी स्पोट्र्स पार्कमा भारतले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

यसअघि बिहीबार भएको दोस्रो सेमिफाइलनमा पाकिस्तानले बङ्गलादेशलाई ६ विकेट र पहिलो सेमिफाइनलमा भारतले श्रीलङ्कालाई १२४ रनले हराउँदै फाइनलमा पुगेका हुन् । एशियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एशियाली शक्तिबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ ।

नेपाल एशियाली खेलकुदको क्वाटरफाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो । 

 

खबरपाटी
खबरपाटी