दुई संसदीय समितिको बैठक बस्दै, विधेयकमाथि छलफल गर्ने कार्यसूची

दुई संसदीय समितिको बैठक बस्दै, विधेयकमाथि छलफल गर्ने कार्यसूची

संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको दुई संसदीय समितिको बैठक आज बस्दै छ । समिति सचिवालयले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बुधबारका लागि बोलाएको हो । 

बिहान ११ बजेका लागि बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदै छ ।

यस्तै, दिउँसो १ बजे बस्ने गरी बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पनि सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । 

खबरपाटी
खबरपाटी