प्रतिनिधि सभाको बैठक बस्दै, आजबाट प्रि-बजेट छलफल सुरु

प्रतिनिधि सभाको बैठक बस्दै, आजबाट प्रि-बजेट छलफल सुरु

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहीबार बिहान ११ बजे हुने छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शून्य र विषेश समयमा सांसदहरुलाई बोल्न दिइने छ ।

साथै बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले “संघीय निजामती सेवा विधेयक, २०८०“ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले “संघीय निजामती सेवा विधेयक, २०८०“ संसदमा प्रस्तुत गर्नेछन् ।सरकारले “निर्माणमुखि सामग्री ९व्यवस्थापन तथा नियमन० विधेयक, २०८० माथी विचार गरियोस’’ भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराएका छन् ।

आजकै बैठकमा आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव वाहेक० का विषयमा छलफल शुरु गरिने सचिवालयले सम्भावित कार्यसूचीमा उल्लेख गरेको छ ।

खबरपाटी
खबरपाटी