आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ — नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन: नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला १ लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सयले बढेर नयाँ उचाइमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला १ लाख २२ हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४ सय ४० तोकिएको महासंघले जनाएको छ ।