सशस्त्र प्रहरीको ‘एक जवान, एक बेडिङ कार्यक्रम’
सशस्त्र प्रहरी कर्मचारीहरुले अब सरुवा भएर अन्यत्र जाँदा गुन्टा बोकेर जानु नपर्ने भएको छ । सशस्त्र प्रहरी बल नेपालले ‘एक जवान एक बेडिङ’ अवधारणाअनुसार आवश्यक व्यवस्थापन गरेकाले अब आफ्नो व्यक्तिगत सामान मात्रै बोकेर गए हुने भएको जनाइएको छ ।