आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ – नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार घटेर दुई लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, बुधबार सुनको मूल्य १० ग्रामको दुई लाख ६ हजार ९६० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला तीन हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार घटेर तीन हजार ४० रुपैयाँमा झरेको छ ।
महासंघका अनुसार बुधबार चाँदीको मूल्य १० ग्रामको दुई हजार ६०६ रुपैयाँ कायम भएको छ ।