फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाण्डौ – एशिया कप राइजिङ स्टार्समा नेपालले आज पाकिस्तान ‘ए’ सँग खेल्दैछ ।
खेल कतारको दोहामा नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि शुरु हुनेछ । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल खेल्न लागेको हो ।
सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । तर, नेपालले पाकिस्तानलाई हराए पनि अघिल्लो चरणमा पुग्न सहज भने छैन ।
यसअघि पाकिस्तानले भारत ‘ए’ लाई ४८ रनले हराउँदै चार अंकसहित सेमिफाइनलमा पुगिसकेको छ । नेपालले भारत ‘ए’ सँग ३०६ रनको हार बेहोरेपछि सेमिफाइनलको सम्भावना कठिन बनेको थियो ।
नेपालले आज पाकिस्तानलाई हराएपछि पनि भारत र यूएईबीचको खेलको नतिजा निर्णायक हुनेछ । नेपालले यूएईलाई ६ विकेटले हराएको थियो । आज बिहान भारत ‘ए’ र यूएईबीच खेल हुनेछ ।