लगातारको गिरावट पछि सुनचाँदीको मूल्य बढ्यो

लगातारको गिरावट पछि सुनचाँदीको मूल्य बढ्यो

लगातारको गिरावट पछि सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्ला दिनहरुमा लगातार रुपमा घटेको सुनचाँदीको मूल्य आज बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले बढेको हो । महासंघका अनुसार सोमबार सुन तोलाको २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ४२ हजार ६०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य ४५ रुपैयाँले बढेर तोलाको ३ हजार ११० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । 

खबरपाटी
खबरपाटी