काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय खेलकुद प्रतियोगिता अब नियमित रूपमा आयोजना गर्ने र यसको स्तर अभिवृद्धिकालागिसरकारले गम्भीरतापूर्वक काम गर्ने बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित२०३८सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अहिलेसम्म नौवटा संस्करण मात्र आयोजना हुनु दुःखद भएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, “हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका अहिलेसम्म९वटा मात्र संस्करण आयोजना हुनु दुःखद पक्ष हो। अब सरकारले प्रतियोगिताको उद्देश्यअनुरूप नियमित रूपमा आयोजना गर्नर यसकोस्तर अभिवृद्धिमा गम्भीरतापूर्वक काम गर्नेछ।”
प्रधानमन्त्री शाहले राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौँ संस्करण कर्णाली प्रदेशमा आयोजना हुन लागेको जानकारीसमेत दिएकाछन्।उनका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामाहुनेछ भनेमुख्य खेलहरू मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन्।
प्रतियोगितामा राष्ट्रिय स्तरका आठ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारीहरू कर्णाली प्रदेशका विभिन्न जिल्लामासहभागीहुनेछन्। कर्णाली प्रदेशले पहिलोपटक राष्ट्रिय स्तरको यति ठूलो खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको प्रधानमन्त्रीलेउल्लेख गरेका छन्।
उनले प्रतियोगिताले नयाँ खेलाडीको पहिचान गर्न, खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्न तथा खेल पूर्वाधार विकासमा महत्वपूर्णयोगदानपुर्याउने विश्वास व्यक्त गरेका छन्।
त्यसैगरी, खेलकुदका माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रिय स्तरमा चिनाउन पनिप्रतियोगितालेमहत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
प्रधानमन्त्री शाहले राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन कर्णालीवासीसहित आम नागरिकलाई नागरिकस्तरबाटै साथरसमर्थन गर्न आग्रह गरेका छन्।