काठमाडौं – वर्षौंदेखि भारतमा बसोबास गर्दै आएका नेपाली नागरिकले पहिचान, रोजगारी, आर्थिक सुरक्षा तथा सामाजिकसुरक्षालगायतकाक्षेत्रमा विभिन्न समस्या भोग्दै आएका छन्। आफ्नै देशको नागरिकता हुँदाहुँदै पनि भारतमा आफ्नो नेपाली पहिचानखुलाउन हिचकिचाउनुपर्नेअवस्था रहेको प्रवासी नेपालीको गुनासो छ।
भारतमा रहेका नेपालीले बैंक खाता खोल्नेदेखि सिमकार्ड लिनेसम्म कठिनाइ भोग्नुपरेको छ। त्यस्तै, रोजगारीका नाममा हुने ठगी,आर्थिकशोषण, असुरक्षित यातायात तथा उपचारका क्रममा आर्थिक संकटजस्ता समस्याले उनीहरूलाई थप प्रभावित बनाएको छ।
भारतमा लाखौँ नेपाली बसोबास गर्दै आए पनि उनीहरूको वास्तविक सङ्ख्या, अवस्था र आवश्यकताबारे यकिन तथ्याङ्क तथाव्यवस्थितअभिलेख छैन। यसले गर्दा समस्यामा परेका नेपालीलाई आवश्यक सहयोग र संरक्षण उपलब्ध गराउन कठिनाइ भइरहेकोप्रवासीनेपालीको भनाइ छ।
अर्घाखाँची घर भई नयाँदिल्लीमा बस्दै आएका विजय भुसालका अनुसार भारतमा नेपाली हुनु नै कतिपय अवस्थामा चुनौती बन्ने गरेकोछ।नेपाली पहिचान खुलाउँदा हेपिनुपर्ने डरका कारण धेरैले आफ्नो वास्तविक परिचय लुकाएर बस्नुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ।
त्यस्तै, पाल्पा घर भई दिल्लीमा बस्दै आएका तेजराम न्यौपानेले रोजगारीका लागि भारत पुग्ने नेपाली म्यानपावर तथा विभिन्नदलालबाट ठगीमापर्ने गरेको बताउनुभयो। उहाँका अनुसार रोजगारीका लागि भारत आउने नेपालीका प्रमुख समस्या कागजातर आर्थिक सुरक्षासँग सम्बन्धित छन्।
भारतमा उपचारका लागि पुग्ने नेपालीले बैंकिङ कारोबार तथा रकम भुक्तानीमा समेत समस्या झेल्नुपरेको छ। उपचारका क्रममाआवश्यक रकमजम्मा गर्न र झिक्न सहज हुने गरी निश्चित अवधिका लागि अस्थायी बैंक खाता खोल्न पाउने व्यवस्था गर्न उहाँलेसरकारसँग आग्रह गर्नुभयो।
नेपाल–भारतबीच सञ्चालन हुने सार्वजनिक यातायात, विशेषगरी बस सेवामा समेत विभिन्न समस्या रहेको प्रवासी नेपालीको गुनासो छ।
दिल्लीमा बसोबास गर्दै आएका कञ्चनपुरका अर्जुन भण्डारीले भारतमा रहेका नेपालीको वास्तविक सङ्ख्या र अवस्थाको अभिलेखनहुँदाआवश्यक परेको समयमा सहयोग पुर्याउन कठिन हुने गरेको बताउनुभयो।
प्रवासी नेपालीले भारतमा आफ्नो पहिचान, सुरक्षा र सामाजिक सुरक्षाको प्रत्याभूति हुने गरी नेपाल सरकारले भारत सरकारसँगकूटनीतिकपहल गर्नुपर्ने माग गरेका छन्। उनीहरूले भारतमा रहेका नेपालीको व्यवस्थित तथ्याङ्क सङ्कलन, रोजगारीमा हुने ठगीनियन्त्रण,बैंकिङ कारोबारमा सहजता तथा आपत्कालीन अवस्थामा सहयोग उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।