आज हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम सफा रहने

आज हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम सफा रहने

काठमाण्डौ – आज हिमाली र पहाडी भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम सफा रहनेछ ।

साथै हिमाली र पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार गएराति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा छिटपुट वर्षा भएको छ ।

यसैबीच, बंगालको खाडीमा अर्को शक्तिशाली चक्रवात विकसित हुने सम्भावना भए पनि यसको असर नेपालमा नपर्ने महाशाखाले जनाएको छ ।

मौसमविद्हरुले पनि नयाँ प्रणालीको असर नपर्ने भएकोले ढुक्क भएर धान काट्न सुझाव दिएका छन् । मौसमविद्का अनुसार अब दुई हप्तासम्म नेपालमा ठूलो पानी पार्ने प्रणाली आउने सम्भावना छैन ।

खबरपाटी
खबरपाटी