फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल दिउँसो साढे १२ बजे काठमाण्डौ गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेल बेलुकी ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ ।
काठमाण्डौ आफ्नो पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा काठमाण्डौ र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
कर्णाली याक्स लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ । सुदूरपश्चिमले अहिलेसम्म खेलेका ३ खेलमध्ये १ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ । चितवन प्रतियोगितामा अहिलेसम्म अपराजित छ । पहिलो खेलमा जित हात पारेको चितवनले दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बांडेको थियो ।