बाँकेमा रहेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

बाँकेमा रहेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

काठमाण्डौ – बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा रहेको अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् ।

आगलागीमा घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा बिहान साढे ५ बजेतिर विद्युत् सर्ट सर्किट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरी टोली, सशस्त्र प्रहरी बल, स्थानीयबासिन्दा तथा दमकलको सहायतामा आगो निभाइएको छ । घाइतेमध्ये शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ ।

अन्य घाइतेको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन भैरहेको प्रहरीको भनाइ छ ।

खबरपाटी
खबरपाटी