काठमाण्डौ – अफगानिस्तानका पूर्वकप्तान राशिद खान पुरुष टी–२० अन्तर्राष्ट्रिय पुरुष क्रिकेटमा २०० विकेट लिने पहिलो बलर बनेका छन् ।
यूएईको शारजाहमा गएराति भएको जिम्बावेसँगको दोस्रो टी–२० खेलका क्रममा उनले यो उपलब्धि हासिल गरेका हुन् ।
२८ वर्षीय राशिदले १२० खेलमा १३।९६ को औसत र ६।१३ को इकोनोमी रेटमा कीर्तिमानी २०० विकेट लिएका हुन् ।
गएको वर्षको अक्टोबरमा यूएईको अबुधाबीमा बङ्गलादेशसँगको खेलका क्रममा राशिद खान एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २०० विकेट लिने पहिलो अफगानी बलर बनेका थिए ।
टी–२० अन्तर्राष्ट्रिय पुरुष क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको दोस्रो नम्बरमा इङ्ग्ल्यान्डका आदिल रशिदले १५३ खेलमा १७१ विकेट लिएका छन् । यस्तै ११९ खेलमा १६५ विकेट लिएका हङकङका एहसान तेस्रो नम्बरमा छन् ।
यो सूचीमा नेपालका सन्दीप लामिछाने ८० खेलमा १४२ विकेटसहित १३औँ स्थानमा छन् ।