शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घट्यो

शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घट्यो

काठमाडौँ - नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १०५ रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

खबरपाटी
खबरपाटी