काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्। आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग एनपीएलको शुभकामना दिएका हुन्।
सामाजिक सञ्जालामा उनले भनेका छन्, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूप लिन सफल भएको छ। लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्।’
प्रतियोगिताको उद्घाटन खेलमा आज साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धामा उत्रिँदैछन्। कीर्तिपुर मैदानमा यी दुई टोलीबीचको रोमाञ्चक भिडन्त आज साँझ ५ बजेदेखि सुरु हुने तालिका छ।
आगामी ५ मंसिरसम्म सञ्चालन हुने यस प्रतियोगितामा कुल आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।