बुढीगण्डकी बाढीमा फसेका ६ जनाको हवाइ उद्धार

बुढीगण्डकी बाढीमा फसेका ६ जनाको हवाइ उद्धार

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले बुढीगण्डकी बाढीमा फसेका ६ जनाको हवाइ उद्धार गरेको जनाएका छन्। 

सामाजिक सञ्चाजलमा लेख्दै उनले बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको जनाएका हुन्।

उनले बुढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणको लागि हेलिकप्टर परिचालन गरिएको जनाएका छन्।

 

खबरपाटी
खबरपाटी